प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, संसदमा विश्वासको मत लिने


काठमाडौँ, असार १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिएर प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । 

कांग्रेस एमालेबीच सत्ता सहकार्य गर्ने सहमति भएपछि आज बिहान बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा प्रधानमन्त्री दाहालले राजीनामा नदिएर विश्वासको मत लिने बताएका हुन् । 

 

बैठकपछि माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्रीले संसद् ‘फेस’ गरेर विश्वासको मतको प्रस्तावमा जाने निर्णय भएको जानकारी दिए । 
 

 

 

 

२०८१, असार १८

शेयर गर्नुहोस