कामना सेवा विकास बैंकले ३५ करोड रुपैयाँको अग्राधिकार सेयर जारी गर्ने


बैंक खबर । कामना सेवा विकास बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्काशन गर्ने भएको छ । बैंक सञ्चालक समितिको सोमबारको बैठकले सो  निर्णय गरेको हो । 

बैंक सञ्चालक समितिले एक सय रुपैयाँ दरले ३५ लाख इकाई अर्थात ३५ करोड रुपैयाँ बराबरको ९ प्रतिशत लाभांश दर कायम गरी मुनाफा भएको वर्ष मात्र मुनाफा वितरण हुने अविमोच्य असञ्चिति अग्राधिकार सेयर कुनैपनि सुरक्षण नराखी व्यक्तिगत तवरबाट संस्थागत लगानीकर्ताहरुका लागि मात्र विक्री गरिने गरी जारी गर्ने निर्णय गरेको हो । यो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृति भएको खण्डमा विक्री निष्काशन गरिने बैंकले जनाएको छ ।

All financial information at your fingertips.

शेयर गर्नुहोस