सुदूरपश्चिम प्रदेशमा पनि घट्यो बैंकहरुको कर्जा प्रवाह


बैैंक खबर । सुदूरपश्चिम प्रदेशमा पनि कर्जा प्रवाह घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८० असारको  तुलनामा २०८० पुस मसान्तमा कर्जा प्रवाह सात दशमलव २८ प्रतिशतले घटेर १ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँमा झरेको छ । 

निक्षेप १ खर्ब ३६ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । २०८० असारको तुलनामा पुसमा निक्षेप १.९१ प्रतिशतले बढेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा देखिन्छ । 

सुदूरपश्चिम प्रदेशमा निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह बढी देखिन्छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस