बीमा दाबी भुक्तानी मार्गदर्शन जारी, बीमा दाबी विभाग गठन गर्न निर्देशन


बीमा खबर । नेपाल बीमा प्राधिकरणले ‘बीमा दाबी भुक्तानी मार्गदर्शन, २०८१’ जारी गरेको छ । बीमा ऐन २०७९ को दफा ५ को खण्ड (घ) तथा दफा १६६ बमोजिमको अधिकार प्रयोग गरेर यो मार्गदर्शन जारी गरिएको प्राधिकरणले जनाएको छ । 

मार्गदर्शनमार्फत प्राधिकरणले बीमा कम्पनीहरुलाई ‘बीमा दाबी विभाग’ खडा गर्न र सञ्चालक समितिबाट दाबी भुक्तानी उपसमिति गठन गर्न आदेश दिएको छ । यसबाट बीमा कम्पनीहरुको सञ्चालन खर्च बढ्ने देखिन्छ । 

बीमा कम्पनीहरुले दाबी भुक्तानीसम्बन्धी अधिार आवश्यकताअनुसार प्रादेशिक, शाखा तथा उपशाखा कार्यालयहरुलाई समेत प्रत्यायोजन गर्नुपर्ने उल्लेख छ । 

निर्जीवन कम्पनीहरुको लागि बीमा दाबीका लागि जाँचबुझको व्यवस्था समेत गर्नुपर्ने व्यवस्था गरेको छ । 

बीमाका दाबीका लागि बीमितले आवश्यक कागजात पेश गरेको खण्डमा बीमकले आवश्यक जाँचबुझ गरी निवेदन दर्ता भएको सात दिनभित्र दाबी भु्क्तानी दिनुपर्ने व्यवस्था पनि गरेको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस