एनआईसी एशिया बैंकद्वारा मास्टरकार्ड सेवा सुरु


बैंक खबर । एनआईसी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ मास्टर्डकार्ड सेवा शुभारम्भ गरेको छ । आइतबार पोखरामा आयोजित विशेष कार्यक्रमका बीच उक्त कार्डसेवाको शुभारम्भ गरिएको बैंकले जनाएको छ ।

डेबिट कार्डको रुपमा प्रयोग गर्न सकिने मास्टरकार्ड बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट ग्राहकले प्राप्त गर्न सक्नेछन् । जसमा अत्याधुनिक सुरक्षा प्रविधि (इएमभी चीप) तथा अत्याधुनिक ‘कन्ट्याक्टलेस’ प्रविधि समेत प्रयोग गरिएको छ । यस कार्डमार्फत ग्राहक महानुभावहरुले नेपाल, भारत र भुटानबाट एटीएमबाट रकम झिक्नसकिने र पीओएस तथा ई–कमर्श भुक्तानी लगायतको सुविधा उपभोग गर्न सक्नेछन् । 
‘डिजिटल फष्ट’ बैंकको रुपमा आफूलाई स्थापित गर्न लागिरहेको बैंक र विश्वविख्यात मास्टर्डकार्ड बीचको यो सहकार्यले नेपालको बैंकिङ क्षेत्रलाई थप उचाइमा पु¥याउँन ठोस योगदान दिने बैंकले विश्वास लिएको छ । कार्ड बैंकिङ सेवा प्रदायकको रुपमा मुलुकका अग्रणी वाणिज्य बैंकको रुपमा रहेको एनआईसी एशिया बैंकले हालसम्म भिसा कार्डबाट सेवा प्रदान गरिरहेको थियो ।

एनआईसी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस