राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा देवेशप्रसाद लोहनी


बैंक खबर । राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा देवेशप्रसाद लोहनी बढुवा भएका छन् । २०८१ असार ९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उपकार्यकारी अधिकृत लोहनीलाई बैंकको रिक्त रहेको तह १२ को नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको हो । 

२०५१ सालमा कम्युटर प्रोग्रामर (तह ७) बाट बैंक सेवामा प्रवेश गगरेका लोहनीले व्यवस्थापन तथा भौतिक विज्ञानमा स्नातकोत्तर उत्तीर्ण तथा सूचना प्रविधिमा विभिन्न अन्तर्राष्ट्रिय कोर्सहरु पूरा गरेका छन् । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस