आजको विदेशी मुद्रा विनिमयदर, घट्यो अमेरिकी डलरको भाउ


बैंक खबर । असार १२ गते बुधबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्रीदर १३३ रुपैयाँ ८० पैसा निर्धारण गरेको छ । यो मूल्य असार ११ गतेको तुलनामा चार पैसा कम हो । असार ११ गते अमेरिकी डलरको बिक्री दर १३३ रुपैयाँ ८४ पैसा थियो । बुधबारका लागि अमेरिकी डलरको खरिददर भने १३३ रुपैयाँ २० पैसा निर्धारण गरेको छ ।

बुधबारका लागि युरोपियन मुद्रा एक युरोको बिक्रीदर १४३ रुपैयाँ ३७ पैसा र खरिददर १४२ रुपैयाँ ७२ पैसा निर्धारण गरेको छ । युरोको मूल्य मंगलबारको तुलनामा २२ पैसा घटेको छ ।

बेलायती पाउन्ड स्टर्लिङ एकको बिक्रीदर १६९ रुपैयाँ ७७ पैसा र खरिददर १६९ रुपैयाँ निर्धारण गरेको छ । 
 

                  विभिन्न मुलुकको मुद्राको विनिमयदर (असार १२, २०८१)

शेयर गर्नुहोस