सेयरबजार समान्य बढ्यो, चार अर्ब १८ करोडको कारोबार


सेयर खबर । सेयरबजार मंगलबार सामान्य अंकले बढेको छ । नेप्से परिसूचक  ५.६० अंकले बढेर २०७१.७७ विन्दुमा कायम भएको छ । 

चार अर्ब १८ करोड ७७ लाख रुपैयाँ बराबरको ९४ लाख ३५ हजार चार सय ५४ कित्ता सेयरकिनबेच भएको छ । 

कारोबार भएका २४७ कम्पनीमध्ये १५१ कम्पनीको सेयरमूल्य बढेको छ भने ८८ कम्पनीको घटेको छ । बाँकी ८ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । 

मंगलबार बैंकिङ समूह ०.४६, वित्त समूह २.१५, निर्जीवन बीमा ०.२२, व्यापार ०.१८ र अन्य समूह ०.०१ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । विकास बैंक समूह ०.३२, होटल तथा पर्यटन १.१२, जलविद्युत् १.१८, लगानी १.७०, जीवन बीमा ०.५५, उत्पादन तथा प्रशोधन ०.३९, लघुवित्त ०.३४ र लघुवित्त ०.४२ प्रतिशतले बढेको छ ।
     
ग्लोबल आईएमई बैंक डिबेञ्चर २०८४-८५ को सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मकर जितुमाया सुरि हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशत बढेको छ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएको सेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै आरएसडीसी लघुवित्तको १४ करोड ८३ लाख आठ हजार १६ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

All financial information at your fingertips.

 

 

२०८१ असार ११ ।

शेयर गर्नुहोस