कर्णाली प्रदेशमा कर्जा प्रवाह २०.५० प्रतिशत घट्यो


बैंक खबर । कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कर्णाली प्रदेशको चालू आर्थिक वर्ष २०८०/८१को अर्ध–वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा साढे बीस प्रतिशतले घटेको छ । 

२०७९ पुस मसन्तमा ५९ अर्ब ५० करोड कर्जा प्रवाह भएकामा २०८० पुसमा २०.५० प्रतिशतले घटेर ४७ अर्ब ३० करोडमा झरेको छ । 

अर्थतन्त्रमा देखिएको सुस्तताको कारण कर्णाली प्रदेशमा कर्जाको माग न्यून रहेको राष्ट्र बैंकले जनाएको छ । 

कर्जाको माग घटेपनि यो अवधिमा निक्षेप भने बढेको छ । २०७९ पुस मसान्तमा ६२ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन भएकामा २०८० पुस मसान्तसम्म बढेर ६५ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । 

समीक्षा अवधिमा कर्णाली प्रदेशमा बढेको रेमिट्यान्स अप्रवाह, बैंकिङ सेवामा आएको विस्तार तथा सर्वसाधारणको बचत गर्ने बानीमा आएको विकासले निक्षेप बढेको राष्ट्र बैंकले उल्लेख गरेको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस