मर्जर प्रयोजनका लागि किसान लघुवित्त र जाल्पा लघुवित्तको सेयरकारोबार रोक्का


बैंक खबर । किसान लघुवित्त र जाल्पा लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ । यी दुई लघुवित्त एक आपसमा गाभिने भएपछि नेपाल स्टक एक्सचेन्जले सेयर कारोबार रोक्का गरेको हो । 

यी दुई लघुवित्त गाभिएर मातृभूमि लघुवित्त वित्तीय संस्थाको नामबाट यही असार २७ गतेदेखि एकीकृत कारोबार गर्ने तयारी गरेका छन् । यही प्रयोजनका लागि ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९’को दफा ९ मा भएको व्यवस्था बमोजिम सेयर कारोबार रोक्का राख्न दुवै कम्पनीले नेप्सेलाई अनुरोध गरेका थिए । 

यी दुई लघुवित्तले २०८१ असार २७ गतेदेखि दुवै संस्थाको एकीकृत कारोबार शुरु गर्न डाटा माइग्रेसन प्रयोजनका लागि असार २६ गते सम्पूर्ण बैंकिङ कारोबार बन्द रहने जनाएका छन् ।  
 

All financial information at your fingertips.

शेयर गर्नुहोस