खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको अनुरोध


बैंक खबर । एनआईसी एशिया बैंकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेको छ । बैंकले ग्राहकहरूको खाताबाट गरिएको कर कट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएको भन्दै बैंकले प्यान नम्बर अध्यावधिक गर्न आग्रह गरेको हो ।

ग्राहकले बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ एप (NIC ASIA MoBank) मा रहेको ‘PAN Update’विकल्पमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सक्नेछन् । यसबाहेक ग्राहकले आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अध्यावधिक गर्न सकिने बैंकले जनाएको छ । 

बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई ई–टीडीएस रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको बैंले जनाएको छ । प्यान अद्यावधिक भएपछि निजहरूको करकट्टीको विवरण (ई–टीडीएस) सो प्यानमा प्रविष्ट गरिने भएकाले आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलानगर्ने गर्दछ । जसले गर्दा ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्तगर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने बैंकले विश्वास लिएको छ । 

बैंकका ग्राहकले प्यान अद्यावधिक नगराएको कारणले ई–टीडीएसमा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नुपरेको अवस्थामा बैंक जिम्मेवार नहुने व्यहोरा समेत बैंकले जानकारी गराएको छ । 

यसअघि बैंकलाई प्यान उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बर १६६०–०१–७७७७१, ०१–५९७०१०१ मा सम्पर्क गरी सेवा लिनहुन पनि बैंकले अनुरोध गरेको छ ।

एनआईसी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालय, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस