मुद्दती निक्षेपको धितोमा कर्जा लिँदा ध्यान दिनुपर्ने कुरा


बैंक खबर । बैंक तथा वित्तीय संस्थामा मुद्दती खातामा रकम जम्मा गरेका ग्राहकलाई मुद्दती निक्षेपको अवधि अगावै रकमको आवश्यकता परेमा सोही मुद्दती निक्षेपको धितोमा बैंक तथा वित्तीय संस्थाले कर्जा प्रदान गर्न सक्छन् । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गरि यस बारे प्रस्ट पारेको छ ।

कर्जामा लाग्ने ब्याजदर मुद्दती निक्षेपमा प्रदान गरिएको ब्याजदरमा के–कति प्रतिशत विन्दुले थप गरी तय गरिने हो वा आधार दरका आधारमा तय गर्ने हो भने के कति प्रिमियम थप गरी तय गरिने हो, सो सम्बन्धमा सम्बन्धित ग्राहकलाई मुद्दती निक्षेप खाता खोल्दाकै बखत बैंकले जानकारी दिई लिखित सहमति लिनुपर्छ ।  

ग्राहकले सहमति जनाएको भन्दा फरक ढंगले त्यस्तो कर्जाको ब्याजदर कायम गर्न पाईंदैन । साथै, बैंक तथा वित्तीय संस्थाले यस्तो कर्जा प्रवाह गर्दा कुनैपनि किसिमको अन्य शुल्क लिन पाउँदैनन् ।

All financial information at your fingertips.

शेयर गर्नुहोस