कुमारी बैंकको १३ लाख ८७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


बैंक खबर । कुमारी बैंकले १३ लाख ८७ हजार २५८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी विरेन्द्रकुमार साहको नाममा रहेको सो सेयर विद्यमान संस्थापक सेयरधनीहरुले किन्न पाउने गरी बिक्रीमा ल्याएको हो । 

बैंकले ३५ दिने सूचना जारी गर्दै संस्थापक सेयर बिक्रीको आह्वान गरेको हो । बैंकले सेयर किन्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल नक्साल नागपोखरीमा वा बैंकको प्रधान कार्यालय टंगालमा आवेदन दिन भनेको छ । सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ । 

तोकिएको म्यादभित्र विद्यमान संस्थापकहरुबाट आवेदन नपरेमा संस्थापक भन्दा बहिर सेयर बिक्रीको प्रक्रिया अगाडि बढ्न सक्ने बैंकले जनाएको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस