बैंकिङ प्रणालीबाट ५० अर्ब तान्दै राष्ट्र बैंक


बैंक खबर । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्दैछ । बैंकिङ प्रणालीमा अधिक तरलताको स्थिति देखिएपछि तरलता व्यवस्थापनका लागि सो रकम १४ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत प्रशोचन गर्न लागेको हो । 

असार ६ गते (आज) मध्यान्ह ३ बजेसम्म बोलकबोल हुने र आजै निष्काशन हुने राष्ट्र बैंकले जनाएको छ । ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । साँवा तथा ब्याज भुक्तानी असार २० गते हुनेछ ।

निक्षेप राख्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म आवेदन दिन सक्नेछन् । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस