प्रभु बैंकका कर्मचारी र ग्राहकलाई सौराहाका होटल तथा रेष्टुरेन्टमा छूट


बैंक खबर । प्रभु बैंकका कर्मचारी र ग्राहकले चितवनको सौराहाका विभिन्न होटल तथा रेस्टुरेन्टका विभिन्न सेवामा छुट पाउने भएका छन् । बैंकले भरतपुर भ्रमण वर्ष २०२४लाई लक्षित गर्दै सौराहाका होटल तथा रेष्टरेन्टले दिने विभिन्न सेवामा विशेष छुट दिने समझौता गरेको जनाएको छ ।

छुट्टाछुट्टै भएको सम्झौतामा प्रभु बैंकका तर्फबाट बागमती प्रदेश, चितवन क्लस्टरकी प्रमुख सांग्रीला श्रेष्ठ र सौराहाका शाखा प्रबन्धक मणि मानन्धरले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार बैंकका कर्मचारी र ग्राहकले आवास, खाना, खाजा तथा होटलमा उपलब्ध अन्य सेवामा ८ प्रतिशतलेखि १५ प्रतिशतसम्म छुट पाउनेछन् । यस्तै पेय पदार्थमा १० देखि १५ प्रतिशतसम्म छुट दिने समझौता भएको बैंकले जनाएको छ । 

बैंकले होटल आइकावा इन (चार तारे), सपना भिलेज लज, सिद्धार्थ विलास वनबास, चितवन (होटल वनबास चितवन), होटल वाइल्डलाइफ क्याम्प, पार्क सफारी रिसोर्ट, चौतारी गार्डेन रिसोर्ट, राइनो लज एन्ड होटल, होटल रोयल सफारी, द पार्क सेन्चुरी होटल (भिलेजियो रेस्टरेन्ट एन्ड होटल), ट्राभल्र्स जंगल क्याम्प, होटल मिराज, ओपन सेकुवा कर्नर, रिभर भ्यू जंगल क्याम्प, हिमालयन इन, जंगल सफारी लज, रोयल टइजर लक्जरी होटलसँग सम्झौता गरेको हो । 

All financial information at your fingertips.

शेयर गर्नुहोस