कुमारी बैंक र यूएसएड ट्रेड एण्ड कम्पिटिटिभनेसबीच सम्झौता


बैंक खबर । कुमारी बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्योग–व्यवसायमा वित्तीय साक्षरता कार्यक्रमका लागि यूएसएडसँग सम्झौता गरेको छ । सम्झौता अनुसार नेपालभरका लघु, साना तथा मझौला उद्योग व्यवसायमाझ वित्तीय साक्षरता अभिवृद्धि गर्न यूएसएड ट्रेड एण्ड कम्पिटिटिभनेसले बैंकलाई सघाउनेछ ।

बैंकले यस कार्यक्रममार्फत १० हजार नयाँ लघु, साना तथा मझौला उद्योग–व्यवसायलाई ‘बैंकिङ र क्रेडिट रेडी’ बनाउन वित्तीय सहयोग गर्नेछ ।

कुमारी बैंकले आफ्ना देशभर रहेका तीन सय दुई शाखा सञ्जाल, तीन सय १४ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ इकाईबाट वित्तीय सेवा दिँदै आएको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस