सेयरबजारमा गिरावट, नेप्से १९.८९ अंकले घट्यो


सेयर खबर । सेयरबजार बिहीबार पनि घटेको छ । नेप्से परिसूचक १९ दशमलव ८९ अङ्कले घटेर दुई हजार ६९ दशमलव ५३ विन्दुमा सीमित भएको छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको र त्यसमा सेयर लगानीकर्ताका माग सम्बोधन नभएको भन्दै लगानीकर्ताले सेयर बिक्री बढाएका छन् । यसको असर परिसूचक नेप्सेमा नकारात्मक परेको छ ।

चार अर्ब २१ करोड ७४ लाख ९४ हजार रुपैयाँ बराबरको ९८ लाख ६४ हजार चार सय ८२ कित्ता सेयर किनबेच भएको छ । 

कारोबारमा आएका २४७ कम्पनीमध्ये १७३ कम्पनीको सेयरमूल्य घट्दा बजारमा दबाब परेको हो । ७० कम्पनीको सेयरमूल्य भने बढेको छ । चार कम्पनीको स्थिर रहेको छ । 

लगानीकर्ताको सम्पत्ति ३२ अर्ब रुपैयाँ घटेको छ । बजार पुँजीकरण ३२ खर्ब ८१ अर्ब रुपैयाँ कायम भएको छ । 

नेप्सेका अनुसार नेपाल फाइनान्स, अप्पर लाहुरेखोला हाइड्रोपावर, भगवती हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । मनकामना इन्जिनियरिङ नौ दशमलव ९८ र युनिलिभर नेपालका लगानीकर्ताले नौ दशमलव ५० प्रतिशतले कमाएका छन् ।

पोखरा फाइनान्स १०, कालिञ्चोक दर्शन सात दशमलव शून्य आठ, बाराही हाइड्रोपावर छ दशमलव ७४, नेपाल वेयरहाउस कम्पनी पाँच दशमलव ९६ र कालिका लघुवित्तका लगानीकर्ताले पाँच दशमलव ८२ प्रतिशतले गुमाएका छन् ।

शेयर गर्नुहोस