तरलता व्यवस्थापन गर्न ३५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक


बैंक खबर । वित्तीय प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ३५ अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ । राष्ट्र बैंकले १४ दिनका लागि यो रकम प्रणालीबाट तान्न लागेको हो ।

केन्द्रीय बैंकले जेठ ११ गते शुक्रबार निक्षेप संकलन उपकरणको बोलकबोल गरि सो रकम प्रणालीबाट तान्न लागेको हो । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोडले निःशेष भाग जाने गरी निष्कासित रकम बराबर माग गर्न सक्नेछन् । इच्छुक बैंक तथा वित्तीय संस्थाले जेठ ११ गते दिउँसो १२ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्। 

निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाटै निर्धारण हुनेछ । साँवा र ब्याज भुक्तानी एकमुष्ट जेठ २५ गते हुने केन्द्रीय बैंकले जनाएको छ ।

All financial information at your fingertips.

शेयर गर्नुहोस