लक्ष्मी सनराइज बैंकको सेवा विस्तार


बैंक खबर । लक्ष्मी सन्‌राइज बैंकले विराटनगरमा आफ्नो शाखा स्थानान्तरण गरेको छ । बैंकले विटनगर महानगरपालिका वडा न.७ स्थित हनुमान दास रोडमा रहेका २ शाखा मध्ये एउटा शाखा सोही महानगरपालिकाको वडा नं. ३ स्थित पुष्पलाल चोकमा स्थानान्तरण गरेको छ ।

स्थानतरण गरिएको साविकको हनुमान दास रोडको शाखाका ग्राहकहरुले सोही ठाउँमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ।

शाखा स्थानान्तरण भएपछि बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकमाझ बैंकिङ्ग सेवाको पहुँच बढाउन सफल हुने विश्वास व्यक्त गरेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायहरुलाई सबै प्रकारका रिटेल बैंकिङ सेवाहरु प्रदान गर्नेछ ।

यस्तै, बैंकले झापाको बिर्तामोड नगरपालिका वडा नं. २ मा रहेका २ वटा शाखा एक आपसमा गाभेर साविक सन्‌राइज बैंक रहेको ठाउँबाट संयुक्त कारोबार सुरु गरेको छ । त्यसैगरी, चितवनस्थित भरतपुरको हाकिमचोकमा रहेका २ वटा शाखा पनि गाभेर साविकको लक्ष्मी बैंकको स्थान हाकिमचोक, भरतपुर महानगरपालिका–१० बाट सेवा प्रदान सुरु गरेको छ  ।
लक्ष्मी सन्‌राइज बैंकले ५९ जिल्लामा रहेका २५६ शाखा, ३१९ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १३० शाखारहित बैंकिङ एजेन्ट मार्फत वित्तीय सेवा दिँदै आएको छ ।

All financial information at your fingertips.

शेयर गर्नुहोस