नेपाल बैंकर्स संघ र नेपाल बीमक संघबीच सम्झौता


बैंक खबर । नेपाल बैंकर्स संघ तथा नेपाल बीमक संघबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा नेपाल बैंकर्स संघका तर्फबाट संघका अध्यक्ष  सुनिल के.सी. र नेपाल बीमक संघका तर्फबाट संघका अध्यक्ष चंकी क्षेत्रीले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौताअनुसार दुई पक्षले मुख्यतः सूचना, तथ्यांक, ज्ञान, सिप, क्षमता र अन्य स्रोतहरू आदानप्रदानमा सहकार्य गर्दै अगाडि बढ्ने लक्ष्यलिएको छ  । यस सम्झौताले वाणिज्य बैंक, बीमा क्षेत्र लगायत समग्र वित्तीय क्षेत्रको विकासको लागिथप सहयोगी भूमिका निभाउने विश्वास लिइएको छ ।
 

All financial information at your fingertips.

शेयर गर्नुहोस