प्रभु बैंकले डाक्यो वार्षिक साधारणसभा


बैंक खबर । प्रभु बैंकले वैशाख २० गते, बिहीबार वार्षिक साधारणसभा बोलाएको छ । बैंकले आफ्नो केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौँमा सो दिन बिहान १० बजे बाइसौँ वार्षिक साधारणसभा डाकेको हो । 

साधारणसभाले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावमाथि छलफल गरि पारित गर्नेछ । 

साधारणसभा प्रयोजनका लागि बैंकले वैशाख ४ गते एक दिन सेयधनी दर्ता किताब बन्द गर्ने भएको छ । वैशाख ३ गतेसम्म दोस्रो बजारमा कारोबार भई कायम भएका सेयरधनीहरु बैंकको साधारणसभामा सहभागी हुन पाउनेछन् । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस