बैंकहरुको मुद्दती निक्षेपमा करिब २ अर्ब रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक


बैंक खबर । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गरी विभिन्न कोषहरुमा रहेको एक अर्ब ९३ करोड ५८ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको जनाएको हो । 

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकहरुमा १ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकहरुम २९ करोड ४ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरुमा ९ करोड ६८ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्न लागेको जनाएको छ । 

सो निक्षेप २०८० वैशाख ३ गतेदेखि २०८१ वैशाख २ गतेसम्मका लागि राख्न लागेको पनि राष्ट्र बैंकले जनाएको छ । 
निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले २०७९ चैत १६ गते राती १२ बजेभित्र बैंकले तोकेको इमेलमा लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्नुपर्ने हुन्छ । 

निक्षेप लिनका लागि केन्द्रीय बैंकले विभिन्न शर्तहरु पनि तोकेको छ । 

All finnancial infromation at your fingertips.

शेयर गर्नुहोस