सहुलियतपूर्ण कर्जा बक्यौता एक खर्ब ४९ अर्ब


बैंक खबर । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको सहुलियतपूर्ण कर्जा बक्यौता करिब डेढ खर्ब देखिएको छ । राष्ट्र बैंकका अनुसार २०८० फागुन मसान्तमा १ लाख ३० हजार ८ सय ४४ ऋणीलाई प्रवाह भएको १ खर्ब ४९ अर्ब ३० करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ । 

बक्यौता रहेको कुल सहुलियतपूर्ण कर्जामध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जाअन्तर्गत ५१ हजार ४ सय ५ ऋणीलाई प्रवाह भएको एक खर्ब ७७ करोड कर्जा बक्यौता रहेको छ । यस्तै, महिला उद्यमशील कर्जा अन्तर्गत ७६ हजार ९ सय ७५ महिला उद्यमीलाई प्रवाह भएको ४६ अर्ब ४८ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ । 

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ४ सय ६४ ऋणीको २ अर्ब ५ करोड रुपैयाँ कर्जा बक्यौता रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
 

All financial information at your fingertips.

शेयर गर्नुहोस