विदेशी विनिमय सञ्चिति झण्डै १९ खर्ब, १४ महिना २४ दिनलाई वस्तु आयात गर्न पुग्ने


बैंक खबर । नेपालको विदेशी विनिमय सञ्चिति करिब १९ खर्ब रुपैयाँ पुगेको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति २०८० फागुन मसान्तमा २१.७ प्रतिशतले वृद्धि भई १८ खर्ब ७२ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । 

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० फागुन मसान्तमा २०.८ प्रतिशतले वृद्धि भई १४ अर्ब १४ करोड पुगेको छ । 

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ रहेकोमा २०८० फागुन मसान्तमा २२.२ प्रतिशतले वृद्धि भई १६ खर्ब ४४ अर्ब ६ करोड पुगेको छ । 

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रुपौँ रहेकोमा २०८० फागुन मसान्तमा १८.२ प्रतिशतले वृद्घि भई २ खर्ब २८ अर्ब ७६ करोड रुपैयाँ

कायम भएको छ । २०८० फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत छ ।
आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४ महिना २४ दिनको को वस्तु आयात र १२ महिना १२ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । 

२०८० फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३४.८ प्रतिशत, १०३.१ प्रतिशत र २८.२ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत थिए ।

All financial information at your fingertips.

शेयर गर्नुहोस