फागुनमा १ खर्ब २२ अर्ब रेमिट्यान्स भित्रियो


बैंक खबर । फागुन महिनामा एक खर्ब २२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जुन माघमा भन्दा १६ अर्ब रुपैयाँ बढी हो । माघमा १ खर्ब ६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठ महिना (साउन देखि फागुनसम्म)मा ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१ प्रतिशतले बढी हो । 

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले वृद्धि भई ७ अर्ब २४ करोड पुगेको छ ।

All financial information at your fingertips.

शेयर गर्नुहोस