कर्जा प्रवाह सुस्त, बैंकिङ प्रणालीमा चार खर्ब ९० अर्ब लगानीयोग्य रकम


बैंक खबर । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अहिले बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९.७० प्रतिशत छ । यस्तै कुल निक्षेप ६१ खर्ब ९३ अर्ब रुपैयाँ छ छ भने अहिलेसम्म ५० खर्ब ८४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । बैंक तथा वित्तीय संस्थाले सीडी रेसियो ९० प्रतिशतसम्म कायम गरेर कर्जा प्रवाह गर्न पाउँछन् । यस हिसाबले कुल ५५ खर्ब ७४ अर्ब रुपैयाँ ऋण प्रवाह गर्न सक्ने देखिन्छ । अर्थात अझै थप चार खर्ब ९० अर्ब रुपैयाँ ऋण दिन सक्ने क्षमता बैंक तथा वित्तीय संस्थासँग छ । 

आर्थिक वर्षको सुरु देखि नै निक्षेप बढ्दै गएको छ । निक्षेपको तुलनामा निकै कम कर्जाको माग आउने गरेको बैंकरहरु बताउँछन् । चालू आर्थिक वर्षको साढे आठ महिनामा चार खर्ब २३ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । २०८० असार मसान्तमा ५७ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप थियो । २०८० चैत १५ गते बैंक तथा वित्तीय संस्थाको निक्षेप ६१ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ ।

वाणिज्य बैंकहरूको निक्षेप चार खर्ब आठ अर्ब रुपैयाँले बढेर ५४ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ । गत असार मसान्तमा वाणिज्य बैंकहरूको कुल निक्षेप ५० खर्ब ७२ अर्ब रुपैयाँ थियो । विकास बैंक र फाइनान्स कम्पनीहरूको कुल निक्षेप सात खर्ब १३ अर्ब छ ।

असारयता १५ अर्ब रुपैयाँ निक्षेप बढेको छ । विकास बैंक र फाइनान्स कम्पनीहरूको गत असारमा कुल निक्षेप छ खर्ब ९८ अर्ब रुपैयाँ थियो । साढे आठ महिनामा बैंक तथा वित्तीय संस्थाले एक खर्ब ७३ अर्ब रुपैयाँ कर्जा बढाएका छन । बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल ऋण अहिले ५० खर्ब ५२ अर्ब रुपैयाँ छ ।गत असार मसान्तमा ४८ खर्ब ७९ अर्ब कर्जा प्रवाह थियो । विकास बैंक र फाइनान्स कम्पनीहरूले अहिलेसम्म पाँच खर्ब ८७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

करिब डेढ वर्ष यता अर्थतन्त्रमा देखिएको मन्दीको असर वित्तीय प्रणालीमा पनि दखिएको छ । गत आर्थिक वर्षमा निक्षेप कम हहुँदा बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएका थिए । कन्द्रीय बैंकले पनि महँगी नियन्त्रण गर्न ब्याजदर बढाउने नीति लिएको थियो । यसको असरले बजारमा उपभोग घट्यो । माग पक्ष कमजोर हुँदा उत्पादन पनि घट्यो । यसको असरले बैंकमा कर्जाको माग कम दखियो । चालू आर्थिक वर्षको सरु देखिनै वित्तीय प्रणालीमा निक्ष्ोप बढिरहको छ । तर, कर्जाको माग बढ्न सकेको छैन । 

अहिल बैंकहरुले ब्याजदर घटाएर एकल विन्दमा झारिसकेका छन् । कजाको ब्याजदर पनि घटेको छ । तर पनि ऋणको मागे नबढको बैंकरले बताएका छन् । अन्तरबैंक ब्याजदर पनि २.७७ प्रतिशत छ ।

All financial information at your fingertips.

शेयर गर्नुहोस