स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ


काठमाडौं । चन्द्रागिरी नगरपइलिका २ नागढुङ्गाबाट स्रोत नखुलेको नगद १८ लाख ५० हजार रूपैयाँसहित रूपन्देही तिलोत्तमा नगरपालिका ११ बस्ने २३ वर्षीय रिसब श्रेष्ठलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले लु २ ख ४५३५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसका सहचालक उनलाई उक्त नगदगहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त रकम रूपन्देही तिलोत्तमा नगरपालिका ११ बस्ने ३७ वर्षीय देबेन्द्र न्यौपानेले काठमाडौं पुर्‍याइदिनू भनी श्रेष्ठलाई दिएको भन्ने खुल्न आएपश्चात प्रहरीले न्यौपानेलाई समेत नियन्त्रणमा लिएको  छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस