सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा पक्राउ


काठमाडौं । पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् ।

प्रहरीका अनुसार महरालाई कपिलवस्तुबाट पक्राउ गरिएको छ । सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो ।

महराका छोरा राहुल महरा पनि सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । प्रहरीले केही दिन अघि सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुनलाई पनि पक्राउ गरेको थियो । 

शेयर गर्नुहोस