लाभांश पारित गर्न डिप्रोक्स लघुवित्तले डाक्यो साधारणसभा


बैंक खबर । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले चैत २५ गते २२औँ वार्षिक साधारणसभा डाकेको छ । लघुवित्तले सो दिन चितवनको सौराहा स्थित पार्क सफारी रिसोर्टमा बिहान १० बजे साधारणसभा बोलाएको हो । 

साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने र सोको कर प्रयोजनार्थ ०.५२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ । 

साधारणसभाले मर्जर तथा एक्विजिशनसम्बन्धी काम गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ।

साधारणसभा प्रयोजनका लागि लघुवित्तले चैत १५ गते एक दिनका सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ। चैत १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरु साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । 


 

All financial information at your fingertips.

शेयर गर्नुहोस