कृषि विकास बैंकको सत्रौँ वार्षिक साधरणसभा सम्पन्न


बैंक खबर । कृषि विकास बैंकको आर्थिक वर्ष २०७९/८०सत्रौँ वार्षिक साधरणसभा बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा सम्पन्न भएको छ । बैंकले फागुन ३० गते वार्षिक साधारण्सभा डाकेको थियो ।

बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको बैंकका कम्पनी सचिव एवं प्रवक्ता हिमलाल पौडेलले जानकारी दिए । 

साधरणसभामा भाग लिएका सेयरधनीहरुले उठाएका जिज्ञासका सम्बन्धमा सञ्चालक समिति अध्यक्ष पुडासैनीले स्पष्ट पारेका थिए । साथै सेयरधनीहरुबाट प्राप्त सुझावहरुलाई नियमानुसार कार्यन्वयन गर्दै जाने प्रतिवद्धता समेत अध्यक्ष पुडासैनीले व्यक्त गरे । 

बृहत कार्य सञ्जालद्वारा आफ्ना बस्तु÷सेवाहरुलाई देशका अति दुर्गम देखि सुगम ठाउँहरुमा २८२ वटा शाखाहरु मार्फत आधुनिक बैकिङ सेवा उपलब्ध गराउँदै आएको छ । बैंकले नेपालका बाणिज्य बैंकहरु मध्ये कृषि क्षेत्रमा सबैभन्दा धेरै लगानी गरेको दावी गरेको छ । 

सेयरधनीहरुको वाक्लो उपस्थिती रहेको उक्त साधरणसभामा विभिन्न निकाय÷संघ÷संस्थाका प्रतिनिधि, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारीहरु र बैंक सञ्चालक समितिका सदस्यहरु महेश आचार्य, डा.राजेन्द्रप्रसाद मिश्र, गोविन्दप्रसाद भट्टराई, संजिव पौडेल, विनोदकुमार गुरागाँई र रीता सुवेदीको उपस्थिती थियो । साधरणसभाको सञ्चालन बैंकका कम्पनी सचिव हिमलाल पौडेलले गरेका थिए । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस