ग्लोबल आइएमई बैंकको वित्तीय साक्षरता कार्यक्रम, पाँच हजार बढीको सहभागिता


बैंक खबर । ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न ४१ शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका लक्षित वर्गहरु पहिचान गरी कार्यक्रम सञ्चालन गरेको हो । 

कार्यक्रममा पाँच हजार भन्दाबढी व्यक्तिहरुलाई बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको बैंकले जनाएको छ । 

कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरुको सहभागिता थियो ।

यस्तै बैंकले ७६ शाखा कार्यालयहरुबाट ९ हजार भन्दा बढी लक्षित वर्गहरुलाई विभिन्न सचेतनात्मक तथा वित्तीय सुरक्षासम्बन्धी जानकारी प्रदान गरी बैंकिङ कारोबार गर्न उत्प्रेरित गरेको छ । यस आर्थिक वर्षमा बैंकले आफ्ना ३५० भन्दा बढी शाखामार्फत यस्ता लक्षित वर्गको सहभागितामूलक कार्यक्रमहरु सञ्चालन गर्ने उद्देश्य राखेको छ ।

बैंकले हाल ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १०० भन्दा बढि सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस