खल्ती र गरिमा विकास बैंकबीच डिजिटल रुपान्तरणका लागी रणनितिक सम्झौता


बैंक खबर । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती र गरिमा विकास बैंक लिमिटेडबीच डिजिटल भुक्तानीका लागि रणनितिक सम्झौता भएको छ । सम्झौता अन्तर्गत अब गरिमा विकास बैंकका ग्राहकले खल्ती वालेटमा उपलब्ध सुविधाहरू उपभोग गर्न सक्ने छन् ।

यो साझेदारीसँगै गरिमा विकास बैंकका ग्राहकहरूले बिना झन्झट स्मार्टबैंक एप– गरिमा डिजिटल बटुवाबाट सिधै खल्ती वालेटमा पैसा लोड गर्न सक्नेछन् र आफूलाई आवश्यक पर्ने सेवा खल्तीमार्फत लिन सक्नेछन् । ग्राहकहरूले खल्ती प्रयोग गरि सहजै सिनेमा, इभेन्ट लगायतको टिकट खरिद गर्न,  बिल भुक्तानी र अरू थुप्रै सुविधामा भुक्तानी गर्न सक्नेछन् । 
 
बैंकबाट खल्तीमा लोड गर्ने सुविधा सँगसँगै ग्राहकहरुले खल्तीबाट गरिमा विकास बैंकको खातामा सासजिलै पैसा पठाउन पनि सक्नेछन् ।  

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले डिजिटल नेपालको उद्देश्यमा प्रतिबद्धताका साथ अघि बढिरहेको खल्तीले हाल सम्म ५० भन्दा बढी वित्तीय संस्थासँग हाते मालो गर्दै सरल र सहज भुक्तानी सेवा उपलब्ध गराउँदै आएको बताए । उनले गरिमा विकास बैंकसँगको साझेदारीले डिजिटल नेपालको यात्रामा बलियो योगदान दिने विश्वास व्यक्त गरे । 

खल्तीमा देशभर ४० लाख भन्दा बढी प्रयोगकर्ताहरू, १ लाख भन्दा बढी एजेन्ट र ६० हजार भन्दा बढी एजेन्ट, ६० हजार बढी मर्चेन्ट व्यवसायी, ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था, १५०० भन्दा बढी सहकारी आवद्ध भइसकेका छन् । खल्तीले सम्पूर्ण नेपालीहरूमा वित्तीय साक्षरता पुर्याउने उद्देश्यका साथ डिजिटल सेवामार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र इभेन्ट टिकट बुकिङ, बीमा शुल्क, इ–कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र अन्य थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ ।

गरिमा विकास बैंकले देशभर एक सय २३  वटा शाखा कार्यलय, ५१ एटीएम काउन्टर मार्फत गुणस्तरिय बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
 

All financial information at your fingertips.

शेयर गर्नुहोस