बैंकिङ प्रणालीबाट ५० अर्ब तान्दै राष्ट्र बैंक


बैंक खबर । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्न लागेको छ । प्रणालीमा अधिक तरलता देखापरेपछि त्यसको व्यवस्थापनका लागि केन्द्रीय बैंकले सो रकम प्रशोचन गर्न लागेको हो । 

केन्द्रीय बैंकले निक्षेप संकलन बोलकबोल उपकरणमार्फत रकम तान्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । 

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्म बोल गर्न सक्नेछन् । 

यो १४ दिने निक्षेप संकलन उपकरणको चैत ८ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

All financial information at your fignertips.

शेयर गर्नुहोस