सामुदायिक लघुवित्त र बीपीडब्लु लघुवित्तको एकीकृत कारोबार सुरु


बैंक खबर । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र बीपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (२०८० फागुन २४ गते)देखि एकीकृत कारोबार सुरु गरेका छन् । 

मर्जरपछि यी दुई लघुवित्तले सामुदायिक लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु गरेका हुन् । सामुदायिक लघुवित्तको एक बराबर बीपीडब्लुको ०.८५३५ कित्ता सेउर स्वाप अनुपातमा एक आमसमा गाभिएका हुन् । 

मर्जरपछि बन्ने लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं १४ मा रहनेछ। एकीकृत कारोबार सुरु भएसँगै सेयर कारोबार पनि १५ दिनका लागि रोक्का हुने भएको छ। 

दुवै लघुवित्तलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले माघ २४ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन ८ गते अन्तिम स्वीकृति दिएका थिए । 

यस्तै असोज ३० गते सम्पन्न भएको दुवै लघुवित्तको विशेष साधारणसभाले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेका थिए ।

All financial informatin at your fingertips.

शेयर गर्नुहोस