मनुषी लघुवित्त र श्रृजनशील लघुवित्तको मर्जर तोडियो


बैंक खबर । मनुषी लघुवित्त वित्तीय संस्थाले श्रृजनशील लघुवित्त वित्तीय संस्थासँगको मर्जर प्रक्रिया अगाडी नबढाउने भएको छ । लघुवित्तको २०८० फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले श्रीजनशील लघुवित्तसँग डिमर्ज प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो । 

मनुषी लघुवित्त र श्रृजनशील लघुवित्तबीच २०७९ चैत २ गते एक आपसमा मर्जर गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको थियो भने २०८० पुस ११ गते अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । 

अहिले मनुषीले श्रृजनशीलको वित्तीय अवस्था सन्तोषजनक नदेखिएकाले मर्जरको प्रक्रिया अगाडी बढाउने अवस्था नदेखिएको भन्दै डिमर्ज गर्ने प्रक्रिया अगाडी बढाएको जनाएको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस