खल्ती  क्यूआरमा अन्तरदेशीय डिजिटल भुक्तानी, नेपाली व्यवसायीले भारतीय वालेटबाट भुक्तानी लिन सक्ने



बैंक खबर । भुक्तानी सेवा प्रदायक खल्तीले फोनपेसँगको सहकार्यमा भारतीय पर्यटकले आफ्नो डिजिटल वालेट प्रयोग गरि नेपाली बजारमा रहेका खल्ती क्यूआरमा आवद्ध मर्चेन्टहरूलाई डिजिटल भुक्तानी गर्नसक्ने व्यवस्था मिलाएको छ। यससँगै नेपाल–भारत अन्तरदेशीय डिजिटल भुक्तानीको सुविधा कार्यन्वयनमा आएको खल्तीले जनाएको छ ।

नेपालको भुक्तानी नेटवर्क फोनपे पेमेन्ट सर्भिस लि र भारतको नेशनल पेमेन्ट कर्पोरेशन एनपीसीआई इन्टरनेसनल पेमेन्ट लिसँगको सहकार्यमा, दुई देश (नेपाल–भारत) बीच मोबाइल वालेटको क्यू आर मार्फत भुक्तानी गर्न मिल्ने सुविधा उपलब्ध गराएको खल्तीले जनाएको छ । 

खल्तीको यस सुविधा अन्तर्गत भारतीय पर्यटकले अब फोन पे, भीम यूपीआई जस्ता एनपीसीआई अन्तरगत पर्ने वालेट प्रयोग गरि नेपाली बजारमा कुनै पनि फोनपे अन्तर्गत रहेको खल्ती क्यूआर स्क्यान गर्दै मर्चेन्ट व्यवसायीहरुलाई डिजिटल भुक्तानी गर्नसक्ने छन्। भारतीय वालेटबाटै भुक्तानी हुने हुदाँ पर्यटकहरूले सटही र कार्डको झनझटबाटबाट मुक्त भई यो सुविधाको लाभ उठाउन सक्नेछन्।

नेपाली साना तथा मझौला मर्चेन्ट व्यवसायीहरुले सजिलै खल्ती क्यूआरमार्फत भारतीय पर्यटकहरूबाट भुक्तानी लिन सक्नेछन् र आफ्नो व्यवसायको आर्थिक पाटोलाई थप सुदृण गर्न सक्नेछन्।

खल्तीले अन्तरदेशीय डिजिटल भुक्तानीको सेवा उपलब्ध गराउन आवश्यक पर्ने आफ्नो सम्पूर्ण पूर्वाधार निर्माण गरिसकेको छ ।  यो सुविधा तुरुन्तै सञ्चालनमा ल्याउने र आफूसँग जोडिएका सम्पूर्ण मर्चेन्ट व्यवसायीहरूलाई यस सेवा बारे थप तथा अतिरिक्त जानकारी प्रदान गर्ने कुरा खल्तीले  बताएको छ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले खल्तीसँग आवद्ध मर्चेन्ट व्यवसायीहरूलाई देशमै यसरी पहिलो पल्ट अन्तरदेशीय डिजिटल भुक्तानी सेवा प्रदान गर्ने वालेटको रूपमा काम गर्न पाउँदा खुशी लागेको बताए। सबै नेपालीका लागि वित्तीय समावेशीकरणको उद्देश्यका साथ अगाडी बढि रहेको खल्तीले आफ्ना २० हजार भन्दा बढि मर्चेन्ट व्यवसायीहरूलाई यस सुविधा प्रदान गर्न पाउँदा यस चरणलाई कोशेढुंगाको रूपमा लिएको खड्काले बताए । 

नेपाल भारत अन्तरदेशीय डिजिटल भुक्तानीको सुविधाले दुई देशबीचको व्यापार, पर्यटन र आर्थिक सम्बन्धको विकासमा महत्वपूर्ण योगदान पुर्याउदै समृद्धि र विकासलाई बढावा दिने कुरामा विश्वस्त रहेको खल्तीले जनाएको छ ।

All financial information at your fingertips.

शेयर गर्नुहोस