प्रहरीले बैंकिङ नबुझेको बैंकर्स संघको निष्कर्स


बैंक खबर । बैंकर्स संघको बुधबार बसेको आकस्मिक बैठकले प्रहरीले ‘बैंकिङ नर्मस’ बुझ्न नसकेको निष्कर्स निकालेको छ । प्रहरीले मंगलबार कमसल धितोमा ओभर भ्यालुएसन गरेर ऋण दिएको भन्दै तत्कालीन सेञ्चुरी बैंकका सीईओद्वय तुलसी गौतम र मनोज न्यौपानेसहित १० जना बैंकरलाई पक्राउ गरेको थियो । न्यौपाने सेञ्चुरकी बैंक प्रभु बैंकमा बिलय भएपछि बनेको प्रभु बैंकको वरिष्ठ डेपुटी सिईओ छन् ।

बैठकमा उपस्थित बैंकरहरु आतंकित देखिएका थिए । उनीहरुले धितोका विषयमा प्रहरीले कुरा बुझ्न नसकेको बताएका छन् । उनीहरुले सरकार र प्रहरीको आलोचना गर्दै एकपटक गृह मन्त्रालय र प्रहरीलाई भेटेर बैंकिङ कसरी चल्छ भनेर बुझाउने निर्णय गरेका छन् । उनीहरुले आफूहरुले राष्ट्र बैंकको नियम र निर्देशनभित्र रहेर ऋण दिने गरेको बताएका छन् ।

संघले एकपटक कर्जाको विषयमा प्रहीलाई स्पष्ट पार्ने र प्रहरीले पक्राउ गरेका बैंकरलाई रिहा नगरे पेन डाउन गरेर विरोध गर्नेबारे छलफल गरेको हो । 

All financial information at your fingertips.

शेयर गर्नुहोस