जाल्पा सामुदायिक लघुवित्तको वार्षिक साधारणसभा चैत ९ गते


बैंक खबर । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले २०८० चैत ९ गते शुक्रबार पाँचौं वार्षिक साधारणसभा डाकेको छ । फागुन १५ गते बसेको लघुवित्त सञ्चालक समितिको ११२औँ बैठकले सो दिन साधारणसभा बोलाउने निर्णय गरेको हो । 

साधारणसभा रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका ड्राइभरटोल स्थित द एसआर होटलमा बिहान ९ बजे बोलाएको लघुवित्तले जनाएको छ । 

साधारणसभाले आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगदप्रवाह विवरण लगायत उपर छलफल गरी पारित गर्नेछ । यस्तै आर्थिक वर्ष २०८०÷८१को लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ । 

यस्तै किसान लघुत्ति वित्तीय संस्था लिमिटेडसँग गाभ्ने गाभिने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरिने प्रतिवेदनमाथि पनि छलफल हुने एजेन्डा रहेको लघुवित्तले जनाएको छ । 

साधारणसभाले जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जर गर्ने प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदनको आधारमा जाल्पाको एक कित्ता सेयर बराबर किसानको ०.८८३४ कित्ता सेयर हुनेगरी कायम भएको सेयर स्वाप अनुपात सम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ । 

साधारणसभा प्रयोजनका लागि लघुवित्तले २०८० फागुन २४ गते सेयर दाखिल खारेजी दर्ता कार्य बन्द गर्ने भएको छ । यसआधारमा फागुन २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरु साधारणसभामा भाग लिन पाउनेछन् । 


 

All financial information at your fingertips.

शेयर गर्नुहोस