धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्न कार्यविधि तयार


बैंक खबर । पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिससम्बन्धी कार्यविधि तयार भएको छ । अर्थ मन्त्रालयले ‘नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्तिको लागि सिफारिससम्बन्धी कार्यविधि, २०८०’ जारी गरेको हो । 

बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्ति गर्न ‘धितोपत्रसम्बन्धी ऐन, २०६३’ को दफा ७ बमोजिम नाम सिफारिस  गर्ने प्रयोजनको लागि गठन भएको समितिले सोही दफाको उपदफा (५) मा रहेको व्यवस्था बमोजिम कार्यविधि निर्धारण गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

कार्यविधिमा १५ दिनको समय तोकेर अध्यक्ष पदका लागि आवेदन माग्न सकिने व्यवस्था गरिएको छ । यस्तै, तीन जनाभन्दा बढीको आवेदन नपरेमा आवेदन म्याद सात दिन थप्ने व्यवस्था पनि गरिएको छ । ३० वर्ष पुगेका र ६५ वर्ष ननाघेका योग्य उम्मेदवारले बोर्डको अध्यक्ष पदका लागि आवेदन दिन सक्नेछन् । 

All financial information at your fingertips.

शेयर गर्नुहोस