प्रभु बैंकका सिनियर डेपुटी सीईओ न्यौपानेसहित दश जना पक्राउ


बैंक खबर । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु बैंकका सिनियर डेपुटी सीईओ मनोज न्यौपानेसहित दश जनालाई पक्राउ गरेको छ । तत्कालीन सेन्चुरी बैंकबाट कमसल धितो राखी दुई अर्ब रूपैयाँ बराबर ऋण प्रवाह गरेको पाइएपछि सेन्चुरी बैंकका तत्कालिन सीईओद्धय मनोज न्यौपाने  (हाल प्रभु बैंकका सिनियर डेपुटी सीईओ) र तुलसीराम गौतम पक्राउ परेका हुन् । 

सीआईबीका अनुसार उनीहरुले तीन वटा कम्पनीलाई कमसल धितोमा ऋण प्रवाह गरेका थिए । पक्राउ पर्नेमा प्रभु बैंकका हालका कर्मचारी दिलिप बराल, दिपेश प्रधान, रमण श्रेष्ठ र राजेश भण्डारी छन् । यसैगरी, सविन घिमिरे, सुवास श्रेष्ठ, अनुपमा श्रेष्ठ, सुनिल बस्नेत र सन्ध्या श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

सेन्चुरी बैंक प्रभु बैंकमा गाभिएपछि प्रभुमा कार्यरत कर्मचारीहरु पक्राउ परेका हुन् । उनीहरुविरुद्ध राष्ट्र बैंक ऐन विपरीतको कसुर गरेको आरोपमा अनुसन्धान गरिने सीआईबीले जनाएको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस