राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति सदस्यमा रिसाल र ज्ञवाली नियुक्त


बैंक खबर । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको रिक्त रहेको सञ्चालक समितिको सदस्यहरुमा अर्थ मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसाल र प्राडा रामप्रसाद ज्ञवाली नियुक्त भएका छन् । 

सञ्चालक समितिका नवनियुक्त सदस्यहरु रिसाल र ज्ञवालीले बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुंगाना समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ वमोजिम बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । 

सञ्चालक समितिका नवनियुक्त सदस्यहरु रिसाल र ज्ञवालीले एक कार्यक्रमकाबीच बिहीबार नै पदबहाली गरेको बैंकले जनाएको छ ।

शपथ ग्रहण कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृतहरु, उपकार्यकारी अधिकृतहरु र कम्पनी सचिव लगायतको उपस्थिति थियो । 

All financial information at your fingertips.

शेयर गर्नुहोस