रोकिएन सेयरबजारको गिरावट, नेप्से लगातार पाँच दिन घट्यो


सेयर खबर । सेयरबजार लगातार पाँच कारोबार दिन घटेको छ । बिहीबार नेप्से परिसूचक  २० दशमलव ७६ अंकले घटेर २००५.८३ विन्दुमा कायम भएको छ । पाँच कारोबार दिनमा नेप्से ७०.६५ अंकले घटेको छ । 

तीन अर्ब २० करोड ६१ लाख ६७ हजार २५  रुपैयाँ बराबरको ९५ लाख १८ हजार ७५ कित्ता सेयर किनबेच भएको छ । 

कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूह बढेका छन भने ११ वटा घटेका छन् ।

कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको १४ करोड ८७ लाख ९७ हजार एक सय ७८ रुपैयाँ बराबरको कारोबार भयो ।

समाज लघुवित्तको सेयर मूल्यमा बिहीबार पनि सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा हिमालयन उर्जा विकास कम्पनीका सेयरधनी छन् । यो कम्पनीको सेयरमूल्य ७.६० प्रतिशतले घटेको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस