माछापुच्छ्रे बैंकले सुरु गर्यो भिडियो केवाईसी सेवा


बैंक खबर । माछापुच्छ्रे बैंक लिमिटेडले भिडिओ केवाईसी सेवा सुरु गरेको छ। यससँगै अब ग्राहकहरुले अनलाइनमार्फत खाता खोली भिडिओ केवाईसीमार्फत आफ्नो पहिचान गरी खाता सञ्चालन गर्न सक्नेछन्।

भिडिओ केवाईसीमार्फत खाता खोल्दा ग्राहकहरु केवाईसी फर्म भर्न तथा नयाँ खाता खोल्न बैंक पुग्नु पर्दैन । यास सेवाबाट देश भित्रै वा विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरुले विश्वको कुनै पनि ठाउँमा बसेर २४ सै घण्टा अनलाइनबाटै बैंकमा खाता खोल्न र भिडिओ केवाईसी सेवामार्फत आफ्नो खाता एक्टिभेट गर्न सक्नेछन्।

नयाँ खाता खोल्दा आवश्यक पर्ने कागजातहरू प्रमाणित गर्न तथा ग्राहक पहिचान गर्न अनलाइन भिडियोमार्फत गर्न सकिनेछ। हाल बैंकले ग्राहकलाई अनलाइन खाता खोल्ने सुविधा दिइरहेको छ जसमा भिडिओ केवाईसी सेवाको उपयोग गरी बैंकसम्म पुग्नुपर्ने झन्झट हटेको बैंकले जनाएको छ ।

All financial information at you fingertips.

शेयर गर्नुहोस