आर्थिक वर्ष २०७४/७५ को नगद लाभांश लैजान सिटिजन्स बैंकको आग्रह


बैंक खबर । सिटिजन्स बैंक इन्टरनेसनलले पाँच वर्ष पुरानो नगद लाभांश लैजान सेयरधनीलाई आग्रह गरेको छ । बैंकले सूचना जारी गर्दै आर्थिक वर्ष २०७४/७५ को नगद लाभांश बुझ्न बाँकी सदस्यहरूलाई यथासिघ्र बुझिलिन आग्रह गरेको हो ।

बैंकले एक सूचना जारी गर्दै ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार सिटिजन्स क्यापिटल लिमिटेडको कार्यालय डिल्लिबजार, काठमाडौंमा आवश्यक कागजात सहित सम्पर्क गर्न आग्रह गरेको छ । 

साधारणसभाबाट पारित भएको पाँच वर्षसम्म सेयरधनीहरूले नगद लाभांश नबुझे लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने कानुनी व्यवस्था छ । बैकले तोकिएको समयभित्र लाभांश लिन नआए सोही व्यवस्था बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने जनाएको छ । 

बैंकले आर्थिक वर्ष २०७४/७५मा ३.६२८ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजन सहित १.६३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभाबाट पारित गरेको थियो ।
 

All financial information at your fingeritips.

शेयर गर्नुहोस