डिप्रोक्स लघुवित्तको लाभांश घोषणा, १० प्रतिशत बोनस सेयर दिने


बैंक खबर । डिप्रोक्स लघुवित्त वित्तीय संथाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ। 

फागुन ३ गते बसेको लघुवित्त सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १०.५२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६३२ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस