सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले डाक्यो साधारणसभा, ११ प्रतिशत लाभांश पारित गर्ने


बीमा खबर । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारणसभा आह्वान गरेको छ । इन्स्योरेन्सले आफ्नो ३०औँ वार्षिक साधारणसभा फागुन ३० गते बिहान ११ बजे काठमाडौंको भगवती बहाल स्थित लिसरा रिसेप्सनमा बोलाएको छ । 

साधारणसभाले चुक्ता पुँजीको ११ प्रतिशतले हुने ३० करोड ८७ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको विशेष प्रस्ताव पारित गर्नेछ । यस्तै साधारणसभाबाट प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ । 

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि इन्स्योरेन्सले फागुन ११ गते सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ ।यसआधारमा फागुन १० गतेसम्म दोस्रो बजारमा कारोबार भई कायम सेयरधनीले साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस