शाखा कार्यालयहरु बन्द गर्नलागेको समाचारमा एनआईसी एशिया बैंकको ध्यानाकर्षण


 

बैंक खबर । एनआईसी एशिया बैंकले बैंकले शाखा कार्यालयहरु बन्द गर्न लागेको भन्ने समाचार केही सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित भएको भन्दै त्यसप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बैंकले प्रेस विञप्ति जारी गर्दै भनेको छ ‘केही सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित बैंकले शाखा कार्यालयहरू बन्द गर्न लागेको भन्ने कपोकल्पित समाचारप्रति यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ ।’

बैंकले बिगत २६ वर्षदेखि देशको अर्थतन्त्रलाई चलायमान राख्नका निमित्त आफ्नो स्थानबाट अग्रणी योगदान दिइरहेको बताएको छ । 

वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै शाखा सञ्जाल भएको यस बैंकले हाल मुलुकभर सञ्चालन गरिरहेका ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११५ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित बैंकिङ्ग सञ्जालद्वारा ४१ लाख भन्दा बढी ग्राहक महानुभावहरूमा सहज एवं सरल बैंकिङ सेवा प्रदान गरिरहेको बताएको छ ।

हाल विभिन्न सञ्चार माध्यमहरूमा बैंकले आफ्ना ५० शाखा कार्यालयहरू बन्द गर्न लागेको र सोको स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिएको भनी अफवाहहरू फैलाइएको भन्दै त्यस्ता समाचारमा कुनै सत्यता नरहेको जानकारी बैंकल गराएको छ । त्यस्ता समाचारबाट भ्रमित नहुनुहुन पनि बैंकले सरोकारवालामा अनुरोध गरेको छ । आफ्ना कुनै पनि शाखा कार्यालयहरू बन्द गर्ने बैंकको रणनीति तथा योजना नरहेको र ५० वटा शाखा बन्द गर्न राष्ट्र बैंक समक्ष निवेदन दिएको विषय कपोलकल्पित तथा भ्रामक रहेको प्रेस विज्ञप्तीमा उल्लेख छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस