सिद्धार्थ क्यापिटलले चैत २६ देखि सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ निष्काशन गर्दै


बैंक खबर । सिद्धार्थ क्यापिटलले चैत २६ गतेदेखि सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम–३ सार्वजनिक निष्काशन गर्ने भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १२ करोड इकाई निष्काशन गर्न लागेको हो ।

क्यापिटलले कुल बिक्रीमा ल्याएको इकाई संख्याको १० प्रतिशत (१ करोड २० लाख इकाई) कोष प्रबद्र्धक सिद्धार्थ बैंकलाई, ५ प्रतिशत (६० लाख इकाई) कोष व्यवस्थापक सिद्धार्थ क्यापिटललाई सुरक्षित गरेको छ । सर्वसाधारणले बाँकी रहेको १० करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् । 

स्किमको निष्काशन बन्द चैत २९ गते हुनेछ । सो अवधिसम्म माग भएजति आवेदन नपरेमा निष्काशन अवधि थप भई २०८० बैशाख १० गतेसम्म लम्बिनेछ । 
इच्छुक लगानीकर्ताले न्यूनतम १०० इकाई देखि अधिकत १ करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यो योजना बन्दमुखि योजना हो । योजनाको कुल आकार १ अर्ब २० करोड रुपैयाँ रहेको छ । यस निष्काशनमा न्यूनतम ५० प्रतिशत (६ करोड इकाई) बिक्री हुनु पर्नेछ । सोभन्दा कम इकाईका लागि आवेदन परेमा योजना खारेज गरी १५ दिनेभित्र आवेदकहरुको रकम फिर्ता भुक्तानी प्रक्रिया सुरु हुनेछ । यो योजनाको अवधि १० वर्षको रहेको छ । 

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस