चैत २१ गतेदेखि १०.७५% ब्याजदरको एनएमबि डिवेञ्चर निष्काशन गर्दै एनएमबि बैंक


बैंक खबर । एनएमबि बैंकले ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले २०७९ चैत २१ गतेदेखि १० वर्ष अवधिको वार्षिक १०.७५ प्रतिशत ब्याजदर भएको ‘‘एनएमबि डिवेञ्चर १०.७५%–२०८९/२०९०’’ सर्वसाधारणका लागि निष्काशन गर्ने भएको छ । 

बैंकले ४ अर्ब रुपैयाँ बराबरको एक हजार रुपैयाँ अंकित दरका ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । सोमध्ये ६० प्रतिशत अर्थात २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने छ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ। सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। जसमध्ये ४५ हजार कित्ता ऋणपत्र बाँडफाँट भइसकेको छ।

ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका देखि अधिकतममा १६ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। 

All financial information at your fingertips.

शेयर गर्नुहोस