हिमालयन रिइन्स्योरेन्सको लाभांश घोषणा, चार प्रतिशत बोनस सेयर दिने


बीमा खबर । हिमालयन रिइन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । यस्तै बोनस सेयरको कर प्रयोजनार्थ ०.२१ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने भएको छ । 

माघ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

सञ्चालक समितिबाट प्रस्तावित सो लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस